माछापुच्छ्रे बैंकले ल्याएको एयरपोर्ट लाउन्ज पास सेवा के हो ?

काठमाडौ । माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ।

जस अन्तर्गत प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिना झन्झट उक्त पासको प्रयोग गरी सरल र सहज तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन्।

यो सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो। 

यस अन्तर्गत कोलिन्सन ग्रुप, युकेले व्यवस्थापन गरेको संसारभरका १४० भन्दा बढी देशका ६६० सहरहरूमा अवस्थित १४०० भन्दा धेरै एयरपोर्टमा रहेका एयरपोर्ट लाउन्जहरूमा प्रिमियम लाउन्जको सुविधा लिन सकिने बैंकको भनाइ छ।

प्रायोरिटी पासले उडान गर्नु अघि एयरपोर्ट लाउन्जअनुसार सोफामा आराम गर्न र निःशुल्क खाना तथा खाजाको आनन्द लिन वा निःशुल्क वाइफाइ प्रयोग गर्नलगायत सुविधाहरूको अनुभव प्रदान गर्दछ। 

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ