काठमाडौ । नबिल बैकले बैक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरसिप एकाडेमीले गरेको ‘सेल्स समिट’ कार्यक्रममा बैङ्कलाई उक्त अवार्डबाट सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाल बैङ्कर्स एसोसिएनका अध्यक्ष सुनिल केसीले नबिल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अवार्ड हस्तान्तरण गर्नुभएको थियो ।
मर्जर एक्विजिसनपश्चात्का वर्षहरूमा बैङ्कहरूमा हुने समायोजनका कारण व्यवसाय वृद्धिमा असर पर्ने सामान्य अवस्थाभन्दा भिन्न हिसाबले नबिल बैङ्कले आर्थिक वर्ष २०७९र८० मा बैङ्किङ क्षेत्रकै सबैभन्दा बढी व्यवसाय वृद्धि गर्न सफल भएकाले यो अवार्डमा छनोट भएको आयोजकको भनाइ छ ।
कार्यक्रममा नबिललगायत ११ संस्था र १० व्यक्तिलाई सेल्स र मार्केटिङको विभिन्न विधामा अवार्डबाट सम्मानित गरिएको थियो ।

जवाफ लेख्नुहोस्