भक्तपुरको चारदोबाटोमा बसमा आगजनी

काठमाडौँ । भक्तपुरको चारदोबाटोमा रोकेर राखेको बसमा आगजनी भएको छ । बिहीबार बिहान ३ बजेतिर पार्किङ गरेर राखिएको बसमा आगजनी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी बताए ।

कमलबिनायक हुँदै रत्नपार्क चलने ख्वप प्रालिको बसमा आगजानी गर्नेहरु विरुद्ध अनुसन्धान भइरहेको छ । प्रहरीले दमकलको सहयोगमा बसमा लागेको आगो निभाएको थियो । 

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ