न्यायपरिषदद्वारा उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस

काठमाडौं, २९ भदो ।  न्यायपरिषदले उच्च अदालतको न्यायाधीशमा २७ जनालाई सिफारिस गरेको छ ।  शुक्रबार बसेको न्यायपरिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो ।   न्यायाधीशमा सिफारिस हुनेहरुमा श्यामकुमार भट्टराई,  राधाकृष्ण उप्रेती, हरिश्चन्द्र ढुंगाना, धनसिं महरा, ब्रजेश प्याकुरेल, ऋषिराम निरौला, चन्द्रमणि ज्ञवाली, राजुकुमार खतिवडा, योगेन्द्र प्रसाद साह, खडानन्द तिवारी, कविप्रसाद न्यौपाने, प्रकाश खरेल, कृष्णराम कोइराला, स्वीकृति पराजुली, काजी बहादुर राई, रितेन्द्र थापा, मोहनराज भट्टराई, अर्जुन अधिकारी, विनोदकुमार पोखरेल, नारायणप्रसाद रेग्मी, सुशील कोइराला,  अच्युतमकुमार आचार्य, गोविन्द जोशी, पुण्यशिला दवाडी घिमिरे, पूर्णप्रसाद राजवंशी, यज्ञबहादुर राना मगर र अर्जुन महर्जन छन् ।   न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । जसअनुुसार न्यायपरिषद्ले सिफारिस गरेका उनीहरु प्रधानन्यायाधीशले नियुक्त गरेपछि न्यायाधीश हुनेछन् ।   

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ