जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भएका ४५ वर्षीय राजकुमार गुरुङ र सुनसरी घर भएका २८ वर्षीय उदय गुरुङ गरेका छन् । दुई जनाले जापानमा कुकमा जागिर लगाइदिन्छु भन्दै टेकप्रसाद गौतमसँग पटक–पटक गरी दुई लाख सत्तरी हजार रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । 

वैदेशिक रोजगार विभागबाट भएको पत्राचारको आधारमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले दुई जनालाई घट्टकुलोबाट पक्राउ गरेको हो । दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा पठाइएको  छ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ