पूर्वराजा आइतबार भक्तपुर जाने

काठमाडौं, ३ असोज । पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर जाने भएका छन्।   पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।   शाहको सचिवालयका फणि पाठकले बुधबार विज्ञप्ति जारी गर्दै आइतबार अपरान्ह उनी भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणमा त्यसतर्फ जाने कार्यक्रम रहेको जानकारी दिएका छन्।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ