प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाडौं, ७ असोज । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । १३औँ इन्डो प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लिन आइतबार प्रधानसेनापति शर्मा दिल्ली प्रस्थान गरेका हुन् ।  दिल्लीमा सोमबारदेखि दुई दिन चल्ने १३औँ इन्डो प्यासिफिक आर्मी चिफ कन्फरेन्समा सहभागगी हुन उनी त्यसतर्फ गएका हुन् ।    उनको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका छन् । ११ असोजमा प्रधानसेनापति शर्मा स्वदेश फर्किनेछन् ।   

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ