पहिलोपटक ग्लोबल आइएमई बैंकले ल्यायो क्रेडिट कार्ड, २५ प्रतिशत क्यासब्याक

काठमाडौ । पहिलोपटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड प्रयोग गर्दा २५ प्रतिशत क्यासब्याक पाइने भएको छ।

बैंकले क्रेडिट कार्डको पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक अफर ल्याएसँगै प्रयोगकर्ताले उक्त सुविधा पाउने भएका हुन्।

बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त अफर ल्याइएको बताएको छ।

‘पहिलोपटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकतम २५ प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन्,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उक्त अफर कात्तिक ३ गतेसम्म चल्नेछ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ