करेन्ट लागेर पश्चिम नवलपरासीमा युवकको मृत्यु

काठमाडौँ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय जय प्रकाश यादव छन् । मृतक रामग्राम नगरपालिका वडा नम्बर–७ का स्थानीय हुन् ।

घर अगाडीको बिजुलीको पोलको बत्ती निभाउन जाँदा अचानक करेन्ट लागेर घाइते भएका जय प्रकाशलाई उपचारका लागी स्थानीय पृथ्वीचन्द्र अस्पतालमा लगिएको थियो । उपचारको क्रममा शुक्रवार बिहान उनको मृत्यु भएको पश्चिम नवलपरासीका डिएसपी रेशम बोहराले जानकारी दिए । 

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ