लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ

काठमाडौ, १५ असोज । सुनको भाउ घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । योसँगै पछिल्लो ६ दिनमा मात्रै सुनको भाउ ४ हजार ३०० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ७ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।  यसअघि मंगलबार, बुधबार, बिहीबार, शुक्रबार र आइतबार सुनको भाउ क्रमशः प्रतितोला ४००, ८००, १४ सय, ८०० र ८०० रुपैयाँले घटेको थियो । यसअघि, आइतबार छापावाल सुन १ लाख ८ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ७ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।  सोमबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १३ सय ४० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ६० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १ हजार ८४४.०३ डलरमा र चाँदी प्रतिऔंस २१.८३ डलरमा कारोबार भइरहेको छ । 

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ