युवा उधमीको सफल कुरियर व्यवसायिक यात्रा

काठमाडौ, १६ असोज । युवा उद्यमी प्रकाश भटराईले १६ वर्षदेखि इन्टरनेशनल कुरियर र कार्गो सेवालाई सफलतापूर्वक सञ्चालन गर्दै आएका छन्। सदैव आफ्ना कर्मचारी र ग्राहकलाई सन्तुष्ट दिँदै आएका उनले विगत ३ वर्षदेखि आफ्नै लगानीमा हाइ टेक लजिस्टिक नामको कम्पनी पनि सञ्चालन गर्दै आएका छन्। उनी आफ्नो सेवाग्राहीसँग सधैं नजिक भएर काम गरेको र त्यसलाई अझ परिस्कृत सेवा सुविधा सहित निरन्तरता दिने बताउँछन्।
कम्पनीले दशैं तिहार जस्ता ठुला चाड९पर्वमा मात्रै नभई सधैं एकनास उत्कृष्ठ, सहज र सस्तो सेवा प्रदान गरिरहेको उनले दाबी गरेका छन्। यस कम्पनिले आयात तथा निर्यात सम्बन्धि सम्पूर्ण कामहरू गर्दै आइ रहेको उनले जानकारी दिए।
उनी आफ्नो विज्ञतालाइ कमाउने पेशा भन्दा पनि सेवामुखी बनाउने बताउँछन्। सहि जानकारीको अभावमा धेरै सेवाग्राही ठगिइरहेको उनले उल्लेख गरे । यसलाई सुधार्न आफ्नो कम्पनी कहिल्यै पनि नचुक्ने उनी सुनाउँछन्।
उनको कम्पनी अहिले विश्वभरि रहेका करिब १० हजारभन्दा बढी कार्गो कम्पनी र नेपालमा एपेक्स ग्लोबल लजिस्टिक्ससँग सहकार्य गर्दै आइरहेका छन् ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ