एकैदिन प्रतितोला १३ सयले घट्यो सुनको मूल्य

काठमाडौ, १६ असोज । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ ।   महासंघले आजको बजारभाउ तय गर्दै सुनको मूल्य एकै दिन तोलामा १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।   यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ४०० रुपैयाँ कायम थियो ।   यस्तै, आज चाँदीको मूल्यमा समेत उच्च अंकको गिरावट आएको छ । आज तोलामा ३० रुपैयाँले घटेसँगै चाँदीको कारोबार मूल्य १३ सय १० रुपैयाँ तोकिएको छ । हिजो सोमबार चाँदीको कारोबार मूल्य तोलामा १३ सय ४० रुपैयाँ थियो ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ