सशष्त्र सुरु गरेको दिनलाई राष्ट्रिय दिवसको रुपमा क्यालेन्डरमा राखियो, सच्चाउनु पर्छः ओली

काठमाडौं, १६ असोज  । तत्कालिन नेकपा माओवादीले सशष्त्र सुरु गरेको दिनलाई क्यालेन्डरमा समावेश गरे पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् ।   प्रतिनिधिसभाको बैठकमा बिशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ओलीले त्यसलाई तत्काल सच्चाउँनु पर्ने मागसमेत गरेका छन् ।   ‘हिंसा सुरुवात गरेको दिनलाई क्यालेन्डरमा राखिएको छ, राष्ट्रिय बिदा भनेर, यो क्याबिनेटबाट तत्काल फिर्ता लिनुपर्छ, उनले संसदमा भने, ‘यो सच्याउने काम तुरुन्त गरिनुपर्छ, क्लियर भाषामा भनेको छु, यो स्विकार्य छैन, यदी फिर्ता लिनु हुन्न भने हामी आन्दोलनमा जान बाध्य हुनेछौं ।’   ओलीका अनुसार  माअाेवादीले सशष्त्र सुरू गरेकाे दिन फागुन १ लाइ राष्ट्रिय दिवसकाे रूपमा क्यालेन्डरमा राखेकाे छ ।    

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ