सरकारले दिवा खाजा दिएन, बिद्यार्थी भोकै पर्न थालेः कांग्रेस सांसद यादव

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बिद्दार्थीको दिवा खाजा रोकिएकोमा आपत्ति जनाएका छन ।   प्रतिनिधि सभाको जारी बैठकमा बोल्दै कांग्रेस सांसद यादवले दिवा खाजा रोकेर सरकारले बालबालिका माथी अपराध गरिरहेको आरोप लगाएका हुन् ।   ‘धनुषाको सामुदायिक बिधालयमा दिवा खाजा रोक्का गरिएको छ, गरिबका बिधार्थीले पाउँदै आएको दिवा खाजा रोकिएकाले उनीहरु भोकभोकै परेका छन, यो दिवा खाजा तुरून्त खुवाउन सुरू गरियोस,’ यादवकाे माग रहेकाे छ । उनका अनुसार सरकारका कारण जनतामा क्रमशः आक्रोश बढाएको छ, जसलाइ तत्कालै सम्बाेधन गर्नु पर्ने उनकाे भनाइ छ ।  

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ