लागुऔषधसहित एकजना पक्राउ

कञ्चनपुर, १७ असाेज । भिमदत्त नगरपालिका-६ ऐठपुर डेरा गरी बस्ने २० वर्षीय सुवास चन्दलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ३९ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरील थप अनुसन्धान गरिरहेको छ । 

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ