सुनको भाउ आज पनि बढ्यो, चाँदीको स्थिर

काठमाडौ, १८ असोज । सुनको भाउ आज पनि बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ७ हजार ३०० रुपैयाँ कायम भएको छ ।    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार पनि सुनको ३०० रुपैयाँले बढेको थियो । बुधबार भने छापावाल सुन १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको थियो ।    यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने लगातार दोस्रोदिन स्थिर रहेको छ । आज चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम रहेको छ ।   

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ