मंसिर १४ देखि काठमाडौँमा ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारको सहकार्यमा मंसिर १४ देखि १८ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाु गर्ने भएको छ।

टेकुस्थित महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महासंघले उक्त जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गत वर्ष कोभिडका कारण निरन्तरता पाउन नसकेको मेला यो वर्ष आयोजना गर्न लागिएको बताए। उनले नेपाल सरकारसँगको सहकार्यमा आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौँमा मेला हुन लागेको बताए।

उनले उक्त मेलाका लागि ५० प्रतिशतभन्दा बढी स्टलहरु बुकिङ भइसकेको बताए। उनले मेलामा करिब ३ सय स्टलहरु रहने बताए। उनले मेलामा ७० भन्दा बढी चीनबाट र ८० भन्दा बढी स्टल बुकिङ भारतबाट भएको उल्लेख गरे।

उनले मेलामा बंलादेशबाट पनि ४० भन्दा बढी स्टल बुकिङ भएको बताए। लामो समयपछि अन्तर्राष्ट्रिय व्यापार मेला हुन लागेकाले अन्तर्राष्ट्रिय व्यापारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको उनले बताए।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ