माओवादीले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

विराटनगर । नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ सांसदको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएको छ ।

माओवादी केन्द्र कोशी प्रदेशको सोमबार बसेको कार्यालय बैठकमा यस विषयमा छलफल भएको थियो । उक्त छलफलले विश्वासको मत दिनुपर्ने निष्कर्ष निकालेको स्रोतले जनाएको छ ।

गठबन्धनको निर्णय विपरीत विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । उनले बुधबार विश्वासको मत लिन लागेका छन् । प्रदेशसभा सचिवालयले बुधबारका लागि प्रदेशसभा बैठक बोलाएको छ ।

गठबन्धन दल माओवादी केन्द्रसहित कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपाले पनि विश्वासको मत दिने सम्भावना छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता डा। शेखर कोइरालाबीच गठबन्धनलाई बलियो बनाएर लाने सहमति भइसकेको छ । राप्रपा भने विश्वासको मतको विषयमा मौन छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ