महानगर प्रहरीले तिहारमा साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा महानगर प्रहरीले साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको छ।  शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म महानगर प्रहरीले गस्ती गर्ने महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

पाण्डेले देउसी भैलोको समयमा १ बजेसम्म ४ क्षेत्रबाट गस्ती हुने समेत बताए । काठमाडौँ महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ