भक्तपुरमा लगाएको लुगामा दियो सल्किदा महिलाको मृत्यु

काठमाडौँ । भक्तपुरमा लक्ष्मीपूजा गर्दा लगाएको लुगामा दियो सल्किदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  ८३ वर्षीया साबित्री देवी दाहाल छिन् । 

 कपडामा आगो सल्केपछि आत्तिएर बैठक कोठामा लडेकी दाहालको घटनास्थलमा नै मृत्यु भएको  हो । उनको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ