टिकटक बन्द गर्ने निर्णय सरकारले सच्चाउनु पर्छ : महामन्त्री गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने सरकारको निर्णय गलत भएको हुदा सरकारले यो निर्णय सच्चाउनु पर्ने र यसमा किन्तु परन्तु केही नचल्ने बताएका छन् । थापाले समाजिक सञ्जालमा स्टाट्स राख्दै सरकारले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भएपनि  नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत भएको उल्लेख गरेका छन् । 

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ