ग्रीन डेभलपमेण्ट बैंकको डीसीईओ मा गुरुङ नियुक्त

काठमाडौ । ग्रीन डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा प्रकाश गुरुङ नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नव नियुक्त नायव प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले यस बैंकको उच्च ब्यवस्थापनमा आबद्ध भई कार्य गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गरेका छन् ।

गुरुङले यसअघि साईन रेसुङ्गा डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत तथा पोखरा फाइनान्सको सञ्चालकको भूमिकामा रही कार्य सम्पादन गरिसकेका छन् ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ