नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ्ग गर्नेे सुविधा

काठमाडौं । नबिल बैंकले किओस मेसिनमार्फत चेक क्लियरिङ्ग गर्न सकिने सुविधाको सुरुवात गरेको छ ।

बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको बैकले आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले किओसमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकुल पारि कार्यालय समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्नेछन् । यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फुर्त रुपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरुले पूर्ण रुपमा लाभ लिनेमा विश्वस्त रहेको बैंकले जानकारी दिएको छ ।

हाललाई नबिल बैंकका काठमाडौं उपत्यकामा ६ र उपत्यकाबाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा संचालनमा ल्याएको छ । बैंकका अनुसार उपत्यका भित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँबानेश्वर, न्यूरोड र कुलेश्वर शाखाबाट तथा उपत्यका बाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ