ज्योति विकास बैंकको सीईओ बने ढकाल, यस्तो छ अनुभव

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त हुनुु भएको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले ढकाललाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको हो ।

ढकाल यस अघि बैंकको कामु सीईओ हुनुहुन्थ्यो ।

ढकालले तत्कालीन हाम्रो विकास बैंकको सीईओ भएर सन् २०१० देखि सन् २०१६ सम्म ६ वर्ष काम गर्नु भएको छ ।

ढकालले यसअघि एनआईसी एसिया बैंकको व्यवस्थापकीय भूमिकामा रहेर काम गरिसक्नुभएको छ ।

आईसीआईसीआई बैंक र डिलोइट इण्डियामा समेत काम गरिसकेका उनीसँग बैंकिङ्ग क्षेत्रको डेढ दशक बढीको अनुभव छ ।

ढकाल एनआईसी एशिया बैंकमा हुँदा एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्ष समेत भएर काम गरिसक्नु भएको छ ।

ढकाल चार्टर्ड एकाउन्टेन्ट्स हुन् भने अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ