बागलुङ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा देखापरेको आर्थिक संकट समाधान गर्न वर्तमान सरकार लाग्नुपर्ने बताउनुभएको छ ।
मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तरगत आज बागलुङ बजारमा आयोजित सन्देश सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले अहिलेको सरकार आर्थिक रुपले चरम असफलतामा गएको भन्दै अर्थतन्त्र संकटमा आरोप लगाउनुभयो । उहाँले कर्मचारीलाई तलब भुक्तानी गर्न ऋण लिनु पर्ने अवस्था सृजना भएको बताउनुभयो ।
आर्थिक संकटका कारण देशमा विकास निर्माण ठप्प भएकाले अर्थतन्त्र सुधार्ने योजना ल्याउन उहाँले सुरकारलाई सुझाव दिनुभयो । एमालेले देशको विकास र समृद्धिका लागि चालेका कदमबाट विपिक्षहरु तर्सिएर विरुद्धमा लागेको ओलीले टिप्पणी गर्नुभयो ।

जवाफ लेख्नुहोस्