मध्यराती विमानस्थलबाट १४ किलो अवैध सुन बरामद, दुई जना पक्राउ

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।

गोरखाका चन्द्र घलेलाई बिहीबार राति १४ किलो सुनसहित पक्राउ गरिएको हो । उनको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको खुलेपछि उनलाई पनि बिहीबार राति नै धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको हो। घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए ।

उनी फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राति काठमाडौं उत्रेका थिए । घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए । सुराकीको आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ