पुस १७ गते कामना सेवा विकास बैंकको साधारसभा

काठमाडौं । कामना सेवा विकास बैंकले वार्षिक साधारसभा बोलाएको छ । बैंक सञ्चालक समितिको बैठकले १७औँ वार्षिक साधारणसभा पुस १७ गते काठमाडौंको नक्साल गर्ने भएको हो ।

बैंकको सभाले आर्थिक वर्ष २०७९र८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०र८१को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २९ गते सेयरधनी किताब बन्द बुक (क्लोज) गर्ने निर्णय गरेको छ ।
त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी हुन पाउने छन् ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ