काठमाडौं। ललितपुर इमाडोलमा सिटिजन्स बैंकको १९०औं शाखा सञ्चालनमा आएको छ।
डेढ दशकदेखि अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिङ्ग सेवा पुर्याउदै आएको बैंकले इमाडोलमा शाखा विस्तार गरेको हो।
योसँगै काठमाडौं उपत्यकाभित्र बैंकको ३८ शाखा र बागमती प्रदेशमा ५२ शाखा सञ्चालनमा छन्। नयाँ शाखा सञ्चालनको अवसरमा उक्त शाखामा खाता खोल्दा डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवा पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिने छ।
साथै, लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २ सय ५५ र लकर शुल्कमा ५ सय ५ रूपैयाँ छुट उपलब्ध छ। यी सुविधा हालसालै खुलेको टेकु शाखामा पनि उपलब्ध छ

जवाफ लेख्नुहोस्