काठमाडौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८० / ०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल इस्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने जनाएको छ ।
यस्तै ५० लाख आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी बढाएर ६० प्रतिशत कायम गरिएको राष्ट बैकले जनाएको छ ।

जवाफ लेख्नुहोस्