प्रभु क्यापिटलले आफ्ना ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छूट

काठमाडौ । प्रभु क्यापिटलले आफ्ना ग्राहकको लागि एक विशेष छूटको अफर ल्याएको छ ।

प्रभु क्यापिटल लिमिटेड र आगन्तुक रिसोर्टका बीचमा छूट अफरका लागि समझौता भएको छ ।

उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा आगन्तुक रिसोर्टको तर्फबाट मार्केटिङ्ग डाईरेक्टर सुरज बिष्टले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहक महानुभावहरुले आगन्तुक रिसोर्टबाट सेवा लिदा सबै सेवाहरुमा १५ प्रतिशत छूट अफर पाउने भएका छन् ।

हितग्राही ग्राहकहरुले समझौता अवधिदेखि आगामी १ बर्ष अर्थात २३ मंसिर २०८१ सम्मका लागि रिसोर्टमा यो छूट अफर पाउने छन् । अफरबाट लाभ लिने रिसोर्टमा प्रभु क्यापिटलमा आफ्नो डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफनो् आईडी कार्ड देखाउनु पर्नेछ जसको आधारमा रिसोर्टले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ ।

धुलिखेल आउनुअघि बनेपा नगरपालिका, भ्यू टावर मार्ग, काभ्रेमा रहेको आगन्तुक रिसोर्ट काठमाडौबाट झन्डै ३२ किलोमिटरमा ७२ रोपनीमा फैलिएको छ । चार वर्ष अघि मात्र स्थापना भएको यो रिसोट बुटिक स्टाईल ४ स्टार डिलक्स रिसोर्टका रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने एक प्रमुख रिसोर्ट बनेको छ । हस्पिटयालिटी क्षेत्रमा गुणस्तरीय सेवा दिईरहेको भ्याली नजिकैको बस्नखान, सेमिनार, मिटिङ्ग, फिटनेस सेन्टर, स्वीमिङ्गपुल सहितको सुविधा सम्पन्न यो रिसोर्ट कार्यक्रम तथा मनोरञ्जन गर्ने एक रमाईलो गन्तव्य स्थल बनेको छ ।

प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो जसले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने, पूँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम साथै आफ्ना ग्राहकको सन्तुष्टिमा विशेष ध्यान दिदै आईरहेको छ ।

प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकहरुका लागि प्रभावकारी रुपमा मर्चेन्ट बैकिङ्ग सेवा दिनुका अतिरिक्त ग्राहकलाई थप सन्तुष्टि दिन क्यापिटलले समय समयमा यस्ता व्यवसायिक समझौता गरी यस्ता छूट तथा अफर सुबिधा दिन समेत कम्पनी सधै अग्रसर रहेको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ