जाजरकोट भूकम्पबाट नौ करोडको खाद्यान्न नष्ट

जाजरकोट । जाजरकोट भूकम्पबाट नौ करोड रुपैयाँभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ ।

चौतीस हजार ५ सय १ घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार ९०० बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।

गत कात्तिक १७ गते जाजरकोटकोख रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६।४ म्याग्निच्युटको भूकम्पबाट नौ हजार ७९४ घर पूर्णरुपमा क्षति भएको थिए ।


घर भत्किदा ३४ हजार ५०१ घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदोजस्ता अन्न तथा खाद्यान्न नष्ट भएको कृषि विकास कार्यालयले जनाएको हो।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ