काठमाडौँ ।अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता सस्था अमेरिकन चेम्बर्स अफ कमर्स नेपालको अध्यक्षमा निर्मलकाजी श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
संस्थापक अध्यक्ष अजित विक्रम शाहको दुई वर्षे कार्यकाल सकिएसँगै वार्षिक साधारणसभाले मेटलाइफ, अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी नेपालका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चुनेको हो ।
सात सदस्यीय कार्यसमितिमा श्रेष्ठसहित लिपफ्रग टेक्नोलोजीका कैलाशराज विजयानन्द, पठाओ नेपालका अशिममान सिंह बस्न्यात, गो फोर्डका आकाश गोल्छा, लक्ष्मी सनराइज बैंकका मनीष थापा, मोघा इनर्जीका समर्थ मोघा र बोटलर्स नेपाल लिमिटेडका स्नेह राजभण्डारी निर्वाचित भएका छन् ।
संस्थाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षको चयन संस्थाको सञ्चालक समितिले गर्नेछ ।

जवाफ लेख्नुहोस्