काठमाडौ । नेपाल धितोपत्र बोर्डले आईपीओमा १० कित्ते नीति हटाउने तयारीमा जुटेको छ ।
धितोपत्र बोर्डले १० कित्ते नीति पुनरावलोकनको लागि बोर्डका संचालक समिति प्रविण कुमार झा को संयोजकत्वमा अध्ययन समिति गठन समेत गरेको छ । झा आईक्यानका उपाध्यक्ष हुनुहुन्छ ।
अध्ययन समितिको सदस्यहरुमा विज्ञ सदस्यको रुपमा बोर्डमा संचालक रहेका भोलानाथ ढुंगाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सहायक कार्यकारी निर्देशक अम्बिका प्रसाद गिरी हुनुुहुन्छ ।
समितिले १० कित्ते नीतिको प्रभावकारिताको अध्ययन गर्ने, यसको राम्रा र नारामा पक्षको अध्ययन गर्ने, यसको व्यवहारिकता र आवश्यकताको अध्ययन गरि पुनरावलोकनको लागि सिफारिस गर्ने छ।

जवाफ लेख्नुहोस्