युनिलिभर नेपालको नाफा १ अर्ब ८४ करोड,कम्पनीकै इतिहासमा सर्वाधिक धेरै लाभांश

काठमाडौ । युनिलिभर नेपाल लिमिटेडले यस वर्ष १ अर्ब ८४ करोड मुनाफा आर्जन गरेको छ ।

कम्पनीको ३०औं वार्षिक साधारणसभाका अवसरमा प्रबन्ध निर्देशक अम्लान मुखर्जीले करपछि कम्पनीको खुद नाफा गत वर्षको १ अर्ब ५४ करोडबाट बढेर यस वर्ष १ अर्ब ८३ करोड पुगेको बताएका हुन । ज

कम्पनीको यस किसिमको सफलतामा उत्पादनहरूको स्थानीयकरणमा गरिएका प्रयास, प्रभावकारितामार्फत गरिएको उल्लेख्य लागत बचत र उपभोक्ताले युनिलिभरका ब्रान्डमा देखाएको रुचि मुख्य कारण रहेको पनि मुखर्जीको भनाइ छ ।

युनिलिभर नेपालका सेयरधनीले यस वर्ष कम्पनीकै इतिहासमा सर्वाधिक धेरै लाभांश प्रतिसेयर १ हजार ५ सय ८० रुपैयाँ पाएको कम्पनीले जनाएको छ ।

यसैबीच युनिलिभर नेपालले नेपालमा आफ्नो ३०औं वार्षिकोत्सव ‘हरेक घरमा, हरेक मनमा’ नाराका साथ मनाइरहेको बताएको छ ।

युनिलिभर नेपाल लिमिटेडको ८५ प्रतिशत सेयर संस्थापक सेयरधनीको छ भने बाँकी १५ प्रतिशत सेयर सर्वसाधारणको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ