घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासङ्घले गत साताको शुक्रवारको तुलनामा यो साता ३०० रुपैयाँले घटेको जानकारी दिएको हो ।महासङ्घका अनुसार गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार सम्ममा प्रतितोला १ लाख १९ हजार १०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यो साताको आइतबार सुनको मूल्य घटेर कारोबारमा आएको थियो । यस्तै, सोमबार, मङ्गलवार र बुधवार समेत घटेर कारोबार भएको सुनको भाउ बुधवार र बिहीबार बढ्दा समग्रमा ३०० रुपैयाँको वृद्धि आएको हो ।

यस्तै, महासङ्घले यो साता चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको छ । महासङ्घका अनुसार गत साताको शुक्रवार चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रवारसम्म आइपुग्दा तोलामा १४ सय ७० रुपैयाँ कायम भएको हो ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ