नेपाल बैंकको सिइओका यी हुन पाँच प्रतिस्पर्धी, बुधबार अन्तवार्ताको लागि बोलाईयो

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ५ जना को नाम सर्टलिष्टमा परेको छ ।

सिइओ पदमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिको लागि सिफारिस गर्न पुस १ गते को १९ जना मध्ये ५ जनालाई बुधबार अन्तरवार्ताको लागि बोलाइएको छ ।

प्रस्तुतिकरण तथा अन्तवार्ताको लागि बुधबार नेपाल बैंकको प्रधान कार्यक्रम धर्मपथमा ५ जनालाई बोलाइएको छ ।

जसमा अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्टलाई व्यावसायिक कार्ययोजनासाथ उपस्थित भनिएको छ। ५ जनाले पावर पोइन्टमा ३० मिनेट आफनो प्रस्तुती गर्नु पर्ने समय तोकिएको छ ।

प्रमुख कार्यकारी अधिकृत (सिइओ) खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नेगरी बैंकले असोज २१ गते दरखास्त आह्वान गरेको थियो।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ