बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य बढेको छ ।

महासंघले आजको मूल्य सूची तय गर्दै हिजोको तुलनामा एक हजार रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ कायम छ ।

तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम थियो ।आज चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो । जुन, आज तोलामा १४ सय ६५ रुपैयाँ कायम भएको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ