महालक्ष्मी विकास बैंकले दियो लाभांश

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७९र८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ४० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

अघिल्लो आवको मुनाफाबाट कम्पनीले शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र ६ दशलमव ४७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ