काठमाडौ । नेपाल राष्ट्र बैंकको मानव संसाधन व्यवस्थपना बिभागले विभिन्न पदमा ६० भन्दा बढी कर्मचारी माग गरेको छ।
राष्ट्र बैंकले खुला तथा समावेशी पक्रियाअन्तर्गत दरखास्त आह्वान गरेको हो।
राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीमा प्रशासन तथा प्राविधिक सेवाअन्तर्गत सहायक निर्देशक र सहायक द्वितीय श्रेणीमा कर्मचारीहरु माग गरेको हो। सबै पदमा गरी राष्ट्र बैंकले ६७ जना कर्मचारी माग गरेको छ।
राष्ट्र बैंकले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट पुस ६ गते, मंगलबारदेखि पुस २६ गतेसम्म दरखास्त माग गरेको छ।
।


जवाफ लेख्नुहोस्