टेलिकमले ४० प्रतिशत नगद लाभांश दिने

काठमाडौ । नेपाल टेलिकमले ४० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको पुस ५ गते बसेको बोर्डको बैठकले गत आर्थिक वर्षको नाफाबाट ४० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा पनि लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश दिएको थियो। कम्पनीले अघिल्लो वर्षकै लाभांशलाई निरन्तरता दिएको हो।

प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भइ आगामी १६ औँ वार्षिक साधारण सभाबाट पास भएपछि मात्र लगानीकर्ताहरुलाई वितरण गरिने छ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ