बागलुङ महोत्सवमाअध्यक्ष ढकाल राष्ट्रपतिबाट सम्मानित

बागलुङ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बागलुङमा सम्मानित .हुनुभएको छ ।

बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिएका अध्यक्ष ढकाललाई सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ आएका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार सम्मान गर्नुभएको हो ।

बागलुङ उद्योग बाणिज्य सङ्घले अध्यक्ष ढकाललाई व्यावसायीक क्षेत्रमा बागलुङलाई चिनाएको भन्दै सम्मान गरेको हो । अध्यक्ष ढकालले आफूले आफ्नो जन्मभूमिमा पाएको सम्मान अमूल्य रहेको उल्लेख गर्दै महोत्सव आयोजकलाई धन्यवाद दिनुु भएको थियो ।

कोरोना सङ्क्रमणका कारण बागलुङ महोत्सव चार वर्षपछि आयोजना गरिएको हो । महोत्सव पुस २१ गतेसम्म चल्ने उद्योग वाणिज्य सङ्घ बागलुङले जनाएको छ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ