सुनकाे मूल्य बढ्याे, कतिमा हुदैछ काराेबार

काठमाडाै – सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

मंगलबार तोलाको १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको एक लाख २१ हजार रुपैयाँ पुगेको छ ।

यसअघि गएको बिहीवार अहिलेसम्मकै उच्च तोलाको १ लाख २२ हजार पुगेको थियो।

यस्तै, मंगलबार चाँदीको मुल्य पाँच रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साेमबार चाँदी तोलाको एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भएको थियो

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ