एशियन लाईफको नयाँ बोनसदर सार्वजनिक

काठमाडौ । एशियन लाईफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको बोनस तालिका अनुसार सावधिक तथा आजीवन बीमालेख अन्तर्गत २५ वर्ष वा सोभन्दा माथिको बीमा गरेका बीमितले ७५ रुपैयाँ प्रतिहजार   बोनस पाउनेछन् ।

त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत २५ र २० वर्षे बीमालेखमा ७० रुपैयाँ प्रतिहजार बोनस रहेको छ । 

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ