राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता हुदै

काठमाडौ । माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।

देशका सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रियसभाका २० सिटको पदावधि आगामी फागुन २० गते सकिँदैछ। ६ वर्षे कार्यकाल सकिएर रिक्त हुन लागेका राष्ट्रियसभाका २० सिटमा निर्वाचन हुन लागेको हो।

आज मनोनयन दर्ता हुने उम्मेदवारीविरुद्ध पुस २४ गते दाबी, विरोध तथा उजुरी गर्न सकिने छ। पुस २५ र २६ गते उजुरी, दाबी, विरोधमा जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुने कार्यतालिका आयोगले तोकेको छ ।

पुस २७ गते उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समय तोकिएको छ। सोही उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने पुस २८ गते आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ।

राष्ट्रियसभामा सत्ता गठबन्धले संयुक्त रुपमा उम्मेदवारी दिने तयारी गरेका छन् भने एमाले एक्लै चुनावी मैदानमा भिड्दै छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ