राष्ट्रिय सभा सदस्यका उम्मेदवारले तीन लाख ५० हजार खर्च गर्न पाउने

काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको सीमा तोकेको हो ।

आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालन लगागत गरी कुल तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सकिनेछ ।

उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्च गर्नुपर्नेछ । निर्वाचन सकिएको ३० दिनभित्र विवरण बुझाउन समेत आयोगले उम्मेदवारहरुलाई आग्रह गरेको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ