अरुण काबेली पावरको तेर्हौं वार्षिक साधारणसभा सम्पन्न 


काठमाडौं । अरुण काबेली पावर लिमिटेडको तेर्हौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।कम्पनीका अध्यक्ष रमेश प्रसाद न्यौपानेको अध्य्क्षतामा सम्पन्न भएको हो।

साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्नुका साथै , लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्दै , लेखापरीक्षक नियुक्ति र  निजको पारिश्रमिक निर्धारण पनि गरेको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ रहेको छ ।

अरुण काबेली पावर लिमिटेड कम्पनीले कोशी प्रदेशको पाँचथर र ताप्लेजुङ्ग जिल्ला बीच भई बहने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी-१ जलविद्युत परियोजनाक २०७६ आश्विन १६ गते देखि राष्ट्रिय ग्रीडमा विद्युत आपुर्ति गर्दै आएको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ