प्रभु महालक्ष्मी लाइफको निमित्त सीईओमा सन्तोष प्रसाईं नियुक्त

काठमाडौ। प्रभु महालक्ष्मी लाइफको निमित्त सीईओमा सन्तोष प्रसाईं नियुक्त हुनुभएको छ ।

प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सका सिईओ रमेश कुमार भट्टराईले पदबाट राजीनामा दिएपछि निमित्त सिईओको जिम्मेवारी प्रसाईंले जिम्मेवारी प्राप्त गर्नुभएको हो ।

इन्स्योरेन्स सञ्चालक समितिको बुधबार बसेको बैठकले सिईओ भट्टराईको राजीनामा स्वीकृत गरी प्रसाईलाई निमित्त सिईओको जिम्मेवारी दिएको हो।

साबिक प्रभू लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर भएर प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स बनेको थियो ।

प्रसाई साविकको प्रभू लाइफका सिईओ समेत हुनुहुन्थ्यो ।

चार्टर्ड अकाउण्टेण्ट समेत रहनु भएका प्रसाईंले नेपाल बीमा प्राधिकरण समेत काम गरेको अनुभव छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ