नेपालमा लगानी गर्न एसियाली पूर्वाधार लगानी बैंकलाई महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई नेपालमा लगानी गर्न आग्रह गरेका छन । बैंकको सञ्चालक समितिका पदाधिकारीहरु र नेपालको निजि क्षेत्रका प्रतिनिधिहरूसँग भएको भेटमा ध्यक्ष ढकालले नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।

भेटमा नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भावित अवसरहरुको खोजीमा विशेष छलफल भएको थियो । एआईआईबीले यातायात, उर्जा र शहरी विकास लगायतका क्षेत्रमा कसरी बढी योगदान दिन सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो । नेपालको दिगो विकासमा निजी क्षेत्रले कसरी योगदान गर्न सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।अध्यक्ष ढकालले नेपाल विकासको अपार सम्भावना भएको देश भएको भन्दै एआईआईबी बोर्डका पदाधिकारीहरूलाई निजी क्षेत्र बैक संस्थाहरूसँग रणनीतिक साझेदारीमार्फत यस सम्भावनाको फाइदा लिन उत्सुक रहेको बताए ।

ढकालले नेपाल रणनीतिक रूपमा दुई ठूला अर्थतन्त्र भारत र चीनको बीचमा रहेकोले नेपालमा उत्पादित वस्तुलाई विश्वका दुई ठूला बजारमा सहज पहुँच पुर्‍याउन सक्ने बताए ।

ढकालले नेपालमा पूर्वाधार, ऊर्जा, पर्यटन र कृषिमा लगानीको सम्भावना रहेको बताए । वहाँले नेपालले हासिल गरेको बाह्य क्षेत्रको स्थायित्वबारे पनि एआईआईबी अधिकारीहरुलाई जानकारी गराएका थिए । अध्यक्ष ढकालले नेपाल सरकारले देशको लगानीको वातावरण सुधार गर्न १२ वटा ऐन परिमार्जन गर्ने प्रक्रियामा रहेको जानकारी गराए । भेटवार्तामा एआईआईबीका पदाधिकारीहरु, सरकारी प्रतिनिधिहरु र निजि छेत्र का प्रतिनिधिहरु सामेल थिए ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ