काठमाडौ । काठमाडौं मोडेल अस्पताल र प्रभु बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
काठमाडौं मोडेल अस्पतालका प्रबन्ध निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारले काठमाडौं मोडेल अस्पतालमा उपचार सेवा लिँदा अन्तरंग तथा बहिरंग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, दन्त सेवा लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले आूफ्नो बैकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ ।

जवाफ लेख्नुहोस्