गुडविल फाइनान्सको सीइओमा पुन: सरोज काजी तुलाधर नियुक्त

काठमाडौ । गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: सरोजकाजी तुलाधर नियुक्त हुनुभएकाे छ। 

कम्पनीको पुस १८ गते बसेको संचालक समितिको बैठकले पुन: तुलाधर ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार तुलाधरको हालको कार्यकाल २०८० माघ १ गते सकिँदै छ ।

२०८० माघ २ गतेदेखि लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ